Logo

‘काँडेतार’मा सुरविनाको इन्ट्री

निर्देशक नवल खड्का पुर्व घोषित फिल्म ‘काँडेतार’लाई लिएर निकै उत्साहित छन् । राष्ट्रप्रेम र राष्ट्रियताको वकालत गर्ने फिल्म बनाउँदै आएका खड्का यो पटक पनि सोहिप्रकारको कन्टेन्टलाई पर्दामा उतार्ने जमर्कोमा छन् ।

योबीचमा उक्त फिल्मको लागि हाल कलाकारहरुको अनुबन्धता चलिरहेको छ । केहि दिन पहिले मात्रै फिल्मको मुख्य अभिनेत्रीमा रेविका गुरुङलाई खड्काले अनुबन्ध गराएका थिए । सोमबार उनले फिल्ममा अर्की अभिनेत्री सुरविना कार्की पनि अनुबन्ध भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । यो कुराले फिल्ममा दुई लिड अभिनेत्री रहने संकेत गरेको छ ।

फिल्ममा यसअघि नै कलाकारहरु गौरव पहारी, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी लगायत अनुबन्धित भइसकेका छन् । ‘सिमानामा काँडेतार बारले मुलुक बीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकी संगको सद्भाव कायम राख्छ’, खड्काले भन्दै आएका छन् ।

Comments