Logo

वाग्लेको ‘जति बिर्स्यौ तिम्रो याद’मा पल, आकाश र प्रमिला

गजलकार सुरेश वाग्लेको गजल ’जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेखनको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । आफ्नो पहिलो गजल भएकाले यो वाग्लेको मनको नजिकै छ । उनले यसलाई विद्यार्थी जीवनमैकोरेको गजललाई विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ ।

यही गीत मार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुन सफल भएका थिए भने गीत पनि उतिकै सफल बनेको थियो। ‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको गीत अझ यो जगल हो। तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गजलकार वाग्ले भन्छन्, ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ।’

’यसै गजलले मलाइ लेख्नको संसारमा चिनाउनुका साथै मार्गहरु समेत प्रसस्त गर्यो’ गजलकार वाग्ले थप्छन,’ यसको मिठास उस्तै र भिडियोलाई समयसापेक्ष बनाउने कोसिस गरेका छौँ ।’ सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन्।

’नेपाली वेबसाइट’को ’अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन देख्न सकिन्छ। भिडियोमा विकास धमलाको सम्पादन छ ।

https://youtu.be/DB4hKhVBpnw

Comments