प्रेम र विछोडको ‘माया बीना’, प्रकाश र प्रमिलाको उत्कृष्ट अभिनय |भिडियो
पति पत्नीबीचको सन्तान प्राप्तिको सोख र त्यस क्रममा उत्पन्न परिस्थितिलाई प्रस्तुत गर्दै गीति भिडियो ‘माया बीना’ सार्वजनिक भएको छ । भिडियोमा सन्तानसहितको सुखद पारिवारिक सपना बोकेको एक जोडीले त्यस क्रममा उत्पन्न परिस्थितिबीच विछोडको पीडा भोग्नुपरेको कुरालाई मार्मिक ढंगले देखाइएको छ ।
पतिको भुमिकामा कलाकार प्रकाश बस्नेतले उत्कृष्ट अभिनय पस्केका छन् भने पत्नीको भुमिका निभाएकी कलाकार प्रमिला खनालले पनि आफ्नो भुमिकालाई न्याय गरेकी छिन् । लामो प्रेमलाई वैवाहिक सुखमा परिणत गरेको एक जोडीको अभिभावक बन्ने सपनामा आएको तुषारापत र सोहि चाहनाले कसरी जीन्दगी नै अन्त्य गराउँछ भन्ने कुरालाई कथ्य शैलीमा निर्देशक सुवोल थापाले प्रस्तुत गरेका छन् ।
वावुल गिरी र संगिता थापा मगरको स्वर रहेको गीतमा शब्द संगीत रोविन खड्काको छ । एरेञ्जको काम विनय कार्की क्षेत्रीले गरेका छन् । भिडियोतर्फ ज्ञानेन्द्र शर्माको छायांकन रहँदा सम्पादनको काम नविन निरौलाले गरेका छन् । ‘भिडियो भकारी’ युट्युव च्यानलमा यो भिडियो हेर्न सकिन्छ ।
https://youtu.be/5eK4OreQt50