Logo

साउथ फिल्म ‘थिरिमाली’को सेटमा माओत्से गुरुङ

नेपाल र भारतिय निर्माण कम्पनिको सहकार्यमा तयार भइरहेको दक्षिण भारतिय (साउथ) फिल्म ‘थिरिमाली’को हालै छायांकन सकिएको छ । कोरोना महामारीको दोस्रो लहर आउनुपुर्व नेपालमा छायांकन गरिएको यो फिल्मको बाँकी दृश्य भारतमा कैद गर्दै सम्पुर्ण छायांकन सकिएको निर्माण टिमले बताएको छ ।

कन्फर्मः स्वस्तिमाले साइन गरिन् साउथ फिल्म ‘थिरिमाली’

फिल्मीनेपाललाई प्राप्त केहि अचल दृश्यहरुमा नेपाली अभिनेता माओत्से गुरुङ उक्त फिल्मको लागी दृश्य दिँदै देखिन्छन् । माओत्सेले उक्त फिल्ममा महत्वपुर्ण भुमिका निभाएका छन् भने उनिसँगै नेपाली अभिनेत्री स्वस्तिमा खड्काले सरप्राइज भुमिका फिल्ममा निभाएकी छिन् । स्वस्तिमाको दृश्य यसअघि नै छायांकन भइसकेको बताइएको छ । साथमा नेपाली कलाकार उमेश तामाङ पनि अभिनयमा छन् ।

हालै भारतको मनालीमा ‘थिरिमाली’को अधिकांश दृश्य छायांकन गरिएको छ । नेपालको मुस्ताङ्गमा तय भएको उक्त फिल्मको छायांकन लकडाउनले प्रभावित भएपछि हिमाली दृश्य नै आवश्यक हुँदा निर्माण टिमले भारतको मनालीलाई रोजेको थियो ।

exclusive: साउथ इण्डियन फिल्ममा डेब्यू गर्दै स्वस्तिमा

गत बैशाख १६ गतेबाट नेपाल सरकारले निषेधाज्ञा जारी गरेपछि पोखरामा चलिरहेको उक्त फिल्मको छायांकन प्रभावित भएको थियो भने मुस्ताङ्ग पुगिसकेको टिम दृश्य नखिच्दै फर्केको थियो । यो फिल्ममा भारतिय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायत मुख्य भुमिकामा छन् ।

साउथ इण्डियन फिल्म निर्माण कम्पनि ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा तयार हुने यो फिल्म निर्माणमा निर्माता सरोज न्यौपानेको नेपाली ब्यानर अनन्या फिल्मस् ले सहकार्य गरेको छ । राजिव सेट्टीको निर्देशन रहेको यो फिल्म नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न आधा दर्जनबढि प्रान्तिय भाषामा तयार हुने बताइएको छ ।

Comments