Logo

यो वर्षको मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने

सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको अहिले अडिसन चलिरहेको छ । पहिलो अडिसनबाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएका छन् ।

मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्पार्कल इन्टरटेनमेन्ट अध्यक्ष अम्बिका अर्यालले बताइन् । प्रतियोगिताको अन्तिम स्पर्धा भदौ १९ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदैछ ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धिलाई करिब एक महिना लामो प्रशिक्षण दिइनेछ । त्यस क्रममा उनीहरूलाई कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ । यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने आयोजकले बताएको छ। अश्विनीकान्त झा अफिसियल कोरियोग्राफर रहेको यो प्रतियोगिताको मुख्य जजमा रुवी राणा र प्रियारानी छन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै बिजेता कोरियन ब्राडको ‘द सीम नेपाल’को एम्बेसडर बन्नेछन् । त्यस्तै फर्स्ट रनरअप तथा सेकेन्ड रनरअपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

Comments