कलाकारहरुको उपाधि मोहबारे भुवन र दीपाश्रीको कटाक्ष |अन्तर्वार्ता
अभिनेता भुवन केसी र अभिनेत्री, निर्देशक दीपाश्री निरौलाले नेपाली कलाकारहरुलाई विभिन्न संस्था तथा व्याक्तिले दिँदै आएको ट्याग लाईनप्रति कटाक्ष व्यक्त गरेका छन्। फिल्मीनेपालसँगको अन्तर्वार्तामा दुबैले एक स्वरमा उपाधी कसले दियो र लियो भन्दा पनि चलचित्र उधोगलाई शिर उँचो बनाउन कसले के योगदान दियो भन्ने कुराको मुल्याकंन गर्न आग्रह गरेका छन्।
दिने र लिने दुबैले आफ्नो खुशी साट्नु फरक रहेपनि कलाकारले पाउने ट्याग र उपाधि भन्दा चलचित्र उधोगलाई माथी उठाउनतर्फ सबैले योगदान दिनुपर्ने उनिहरुको तर्क छ। फरक प्रसंगमा म्युजिक भिडियो र टिकटकको अभिनयले फिल्मका कलाकार सस्तो भएको भन्ने प्रश्नमा दीपाले कलाकारले कला देखाउनुलाई अन्यथा लिन नहुने बोलिन् छिन् भने भुवनले कलाकार भएपछि ‘म कुन लेभलमा छु र मैले के कस्तो काम गर्नुपर्छ’ भन्ने स्वयंम कलाकारमा निर्भर हुने धारणा राखेका छन्। महानायक, रियल हिरो, महानायिकाको नाममा उपाधि दिने प्रचलनलाई भुवनले गलत भनेका छन्।
नेपालको पहिलो म्युजिक भिडियोको मोडलको रुपमा भुवन केसीलाई लिइन्छ। कमै भिडियोहरुमा देखिने भुवनले हालै दीपश्रीसँग जोडी बाँधेर एक तीज गीतमा अभिनय गरेका छन्। सम्राट चौलागाइँको गीत ‘सम्झिनी पानी छम्किनी’को तीज भर्सनमा यी दुई चर्चित अनुहारहरुले जोडी बाँधेका हुन्।
तीन पुस्ता देखाउनेगरि छायांकन गरिएको भिडियोमा भुवन र दीपाश्रीसँगै आकाश श्रेष्ठसँग स्वस्तिमा खड्का र गायक सम्राट स्वयंमले मोडल गीता ढुङ्गानासँग जोडी बाँधेका छन् । विक्रम स्वाँरले निर्देशन गरेको भिडियो छिट्टै रिलिज हुने निर्माण टिमले बताएको छ।