युथ सर्कलको अभियानमा गायक चौलागाइँको हातेमालो
काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा बिगत १८ दिन देखी चलिरहेको निःशुल्क रुपमा खाना बितरण अभियानमा गायक युवराज चौलागाइँले पनि अभियानमा सहभागी भएर युवाहरुलाई हौसला प्रदान गरेका छन ।
वीपी स्टडी युथ सर्कलको अभियान अन्तर्गत आजसम्म बिहान र साँझ गरी ९ हजार भन्दा बढी ब्यक्तिहरुलाई निशुल्क रुपमा खाना बितरण गरिएको छ ।
सोमवार बिहान गरिएको खाना बितरण कार्यक्रममा गायक युवराज चौलागाइँको हातबाट खाना बितरण गरिएको थियो । खाना वितरण पछि बोल्दै गायक चौलागाइँले भने, ‘यस्तो संकटको बेला सहयोग गर्नु धर्म हो।’ यस्तो विषम परिस्थितीलाई मध्यनजर गरी सञ्चालन गरीएको सो अभियानमा जोडिन पाउँदा खुसी लागेको चौलागाइवँले बताए ।
आगामी दिनमा पनि युवाहरुले सच्चा मनले गरेको यस्ता अभियानमा सधै साथ र सर्मथन रहने उनले बताए ।
यो अभियानको अगुवाइ युवा नेता भुपेन्द्र जङ शाहीले गरेका थिए भने अभियानमा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेल लगायतका युवाहरुको सक्रियता रहेको थियो ।
-सुकृत नेपालको सहयोगमा