पर्दाका भिलेन सामाजिक कार्यका हिरोः ३२ बालबालिकाका अभिभावक अनुप
एक बर्ष लामो समयदेखि व्याप्त कोरोना महामारीपछि ग्रिनल्यान्ड टोखा स्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक बाल आश्रमका बालबालिकाको लागी निरन्तर सहयोगमा लागिरहेका अभिनेता अनुपबिक्रम शाहीले देशमा जारी दोश्रो लकडाउनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिएका छन् । कोरोनापछिको पहिलो लकडाउनको समयमा अनुपले पटक-पटक खाद्यान्नदेखि स्वास्थ्य सामाग्री र विधुतिय सामाग्री सहयोग गरेका थिए ।
देशमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सहयोगको पर्खाइमा बसेका उक्त बाल आश्रमका ३२ बालबालिकामाझ मंगलबार पुगेका अनुपले डेढ महिनासम्म पुग्ने खाद्यान्न, स्वास्थ्य सामाग्रीसहित बालबालिकाहरुलाई दिनहुँ नियमित रुपमा आवश्यक पर्ने एक लाख राशी बराबरको विभिन्न सामाग्रीहरु सहयोग गरेका हुन् ।
‘गत बर्ष नै यो आश्रममा रहेका बालबालिकाहरुको अभिभावक बन्ने प्रण गरेको थिएँ’, अनुपले भने, पछिल्लो एक बर्षयता बालबच्चाहरुको नियमित निगरानी मेरो कर्तव्य थियो, त्यसैलाई निरन्तरता दिएको हुँ ।’ त्यसो त गत बर्ष आफ्नो जन्मदिन समेत सोहि ठाउँमा पुगेर बालबालिकाहरुमाझ मनाएका अनुपले सो अबसरमा चाइल्ड केयरलाई ६ थान ल्यापटप समेत प्रदान गरेका थिए ।
कुनै समय सबै सहयोग एकल प्रयासले मात्र सम्भव नरहँदा समेत आफुलाई निरन्तर अघि बढ्न हौसाउने साथी सर्कल तथा सयभचिन्तकहरुलाई समेत उनले धन्यबाद दिएका छन् । उक्त चाइल्ड केयरमा हाल परिवारबिहीन बनेका ३२ बालबालिका छन् । फिल्मी पर्दाका भर्सटाइल अभिनेता अनुप भिलेनको रुपमा बढि परिचित छन् । उनै अनुपले सामाजिक कार्यमा देखाएको यो प्रकारको ‘हिरो’को छबि प्रशंसनिय छ ।
https://youtu.be/xfx_J-DjlDY