वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
अजर अमर सांगितिक श्रष्ठा प्रेमध्वज प्रधानको निधन भएको छ । उपचारको क्रममा काठमाडौं न्यूरो अस्पताल सुन्धारामा बिहिबार दिउँसो प्रधानको निधन भएको संगीतकार लक्ष्मण शेषले पुष्टि गरेका छन् ।
पारिवारिक श्रोतबाट जानकारी आएको र सम्बन्धित स्थलमा आफु पुग्दै गरेको शेषले फिल्मीनेपाललाई बताए । ८४ वर्षको उमेरमा प्रधानले यो संसारबाट विदा लिनुभएको हो ।
शेषले प्रधानको निधनलाई नेपाली गीत संगीत क्षेत्रको ब्रह्माण्डको एक महत्वपुर्ण पिण्डको अवशान भनेका छन् । एक युगको प्रतिनिधिमुलक आदर्श गायकको अवशान दुःखद भन्दै उहाँको योगदानलाई नेपाली गीत संगीतले कहिल्यै नबिर्सिने शेषले बताए । प्रधान लामो समयदेखि न्यूरो सम्बन्धि रोगले पीडीत हुनुहुन्थ्यो ।
जहाँको जन्म वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट भएको थियो । श्रेष्ठको निधनमा कलाकर्मीहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै शोक सन्तव्द परिवारप्रति समवेदना पोष्ट गरिरहेका छन् ।