फ्लोरमा पौडेलको ‘बाबरी’, अनमोलपछि धिरजसँग अदितीको टिमअप
‘कृ’ डेब्यू गर्ल अदिती वुढाथोकीको दोश्रो प्रोजेक्ट ‘बाबरी’ फ्लोरमा गएको छ । पहिलो फिल्ममा स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँधेकी अदितीले यो पटक पनि अर्का चर्चित अभिनेता उदयिमान स्टार धिरज मगरसँग जोडी बाँध्नेछिन् ।
निर्माण टिमसँगै अदिती र धिरजले मन्दिरमा पुजा गर्दै फिल्मको शुभ साइत गरिएको छ । फिल्मको अधिकांश दृश्य पुर्वी नेपालको लेटाङमा छायांकन हुनेछ । बाबरी फिल्म;ाई लेटाङसँगै, बुधवारे र भारतको सिक्किममा छायांकन गरिनेछ । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् ।
‘कृ’मा पनि सुरेन्द्रको एक्सन कट नै अदितीले अभिनय गरेकी थिइन् । यो फिल्ममा अदिती र धिरजसँगै भारतबाट धिरज टोटलानी र तृत्ती नाडाकारको मुख्य भुमिका रहनेछ । उनिहरु एकसातापछि सेट ज्वाइन गर्नेछन् ।
दुई युवक र एक युवतीको त्रिकोणात्मक प्रेम कथामा निर्माण हुन लागेको फिल्म अघिल्लो बर्ष नै फ्लोरमा जाने चर्चा थियो । तर कोरोना महामारीको कारण रोकिएको प्रोजेक्ट निर्देशक पौडेलले बल्ल सुरु गरेका हुन् । यो फिल्ममा सुरुवातमा गायक नितेशजंग कुवंर लिड अभिनेता रहने तय हुँदा व्याक्तिगत कारण देखाउँदै उनले फिल्म छोडेपछि धिरज मगर जोडिएका थिए । ‘ इन्टु मिन्टु लण्डनमा’ पछि सोहि टिमले प्रोजेक्ट ‘आई एम ट्वान्टी वान’को हालै छायांकन सकाएका धिरजको लागी यो तेश्रो प्रोजेक्ट हुनेछ ।
चलचित्रको छायांकनमा नायिका तृत्ती नाडकरका छोरा धिरज एक साता पछि जोडिनेछन् । २ यूवा र एक यूवतीका त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गतबर्षको लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । तर, कोरोनाका कारण लामो समय लकडाउन भएपछि चलचित्रको काम सुरु हुन सकेको थिएन ।
नायक धिरज मगरले चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकेपछि यो चलचित्रको काम सुरु गरेका हुन् । नायिका अदिती वुढाथोकीले भने चलचित्र ‘कृ’पछि यो चलचित्रमा काम गर्न लागेकी हुन् ।