नेफ्टा अवार्डः विपिन र मेनुका उत्कृष्ट, फिल्ममा छक्का पञ्जा ३ को वर्चस्व (विजेताको सुचिसहित)
कुल ३६ विधामा वितरण गरिएको अवार्डतर्फ उत्कृष्ट फिल्मको अवार्ड छक्का पञ्जा ३ ले जित्यो भने सोहि फिल्मबाट निर्देशक दीपाश्री निरौला उत्कृष्ट निर्देशक घोषित हुँदा कथा र पटकथा लेखनमा पनि सोहि फिल्म अब्बल बन्यो । उत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले प्रसादबाट पाउँदा अभिनेत्रीको अवार्ड मेनुका प्रधानले साइँलीबाट जितिन् । उत्कृष्ट संवाद लेखनमा फिल्म प्रसादबाट सुशिल पौडेल उत्कृष्ट कहलिए ।
आयोजकको तर्फबाट प्रदान गरिएको पपुलर अवार्ड फिल्ममा छक्का पञ्जा ३, अभिनेतामा अनमोल केसी र अभिनेत्रीमा साम्राज्ञीराज्यलक्ष्मी शाहले पाउँदा जुरी अवार्ड फिल्म हरिले पायो । सम्पादनतर्फ कथा काठमाडौंबाट मित्र डि. गुरुङले अवार्ड पाउँदा उत्कृष्ट छायांकारको अवार्ड फिल्म हरिबाट चिन्तनराज भण्डारीले जिते । गौरी मल्ल, दीपक बज्राचार्य, ध्रुब लम्साल र सविर श्रेष्ठ सम्मिलित जुरी टिमले विजेताको सुचि तयार पारेको थियो ।
यो बर्ष नेफ्टाले साउन्ड इन्जिनियर प्रदिपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई जनही ५१ हजार नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्यो । प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनःले उनीहरुलाई ताम्रापत्र र चेक प्रदान गरेका थिए ।
अवार्ड संयोजक सुष्मा पौडेल ‘गीता’ले सम्पुर्ण प्राविधिक, कलाकार, सञ्चारकर्मी तथा अवार्ड समारोहलाई सफल बनाउन जोडिएका ब्राण्ड पार्टनर सबैको साथका बीच मात्रै कार्यक्रम भव्य बन्न सकेको भन्दै धन्यवाद मन्तव्त व्यक्त गरिन् । सोल्टी क्राउन प्लाजामा सम्पन्न अवार्ड समारोहमा ५ सयबढिको सहभागिता रहेको थियो ।
अवार्ड विजेताहरुको सुचि यसप्रकार छ :
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)
गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३
कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरी)
आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म : छक्का पञ्जा ३
लाइफ टाइम एचिभमेन्ट अवार्ड : प्रदिपकुमार उपाध्याय र नारायण तिमिल्सिना