अनानिकको शाखा ओपनिङमा कलाकारको जम्बो टोली !
‘अनानिक ब्युटी सलोन एण्ड स्पा’ को पाँचौ शाखाको ओपनिङ बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले यो सँगै नेपालमा पाँच वटा शाखा खोल्न सफल भएको हो ।
२०१३ मा वानेश्वरबाट सुरुवात भएको अनानिकको दरवारमार्ग, पोखरा, लाबिम मलसँगै अब बौद्ध शाखाबाट पनि सेवा सुरु भएको छ । बौद्ध शाखाको ओपनिङ अभिनेत्री मनिषा कोईराला सहित दर्जन बढी सेलिब्रेटीले रिवन काटेर गरेका छन् । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै गरिएको ओपनिङमा प्रतिनिधि सभा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायतका दर्जन बढी सेलिब्रेटीले रिवन काट्न हात लगाए ।
अभिनेत्री मनिषा कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिएकी छिन् । अभिनेत्री स्वस्तिमा खड्का भन्छिन् , ‘सुरविन र उहाको टिमलाई धेरै शुभकामना । उहाँ र उहाँको टिमको मिहेनत नै सफलताको पहिलो सुत्र हो ।’
निर्देशक दिपाश्री निरौलाले सफलताको शुभकामना दिँदै सुरविन र उनको मिहेनतको तारिफ गरिन् । दिपा भन्छिन्, ‘सुरवीन र उहाँको टिमको सेवा र यहाँको हस्पिटालिटीले सधैं आउनलाई आकर्षित गर्छ ।’ कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले एक उर्जावान युवाले सौन्दर्य व्यवसायमा प्राप्त गरेको यो सफलता निकै तारिफयोग्य रहेको बताईन् ।
-मिलन ढुङ्गानाको सहयोगमा