Logo

धनकिरणको ‘हावा सरर’मा प्रदिप र बुद्धिसँग आँचलको ठूम्का

धनकिरण गुरुङ र अन्जु पन्तको आवाजमा रहेको ‘हावा सरर’ बोलको गीत डिजी प्रोडक्सन युकेले सार्वजनिक गरेको छ । गीतको भिडियोमा आँचल शर्मा ,प्रदीप बास्तोलासँगै अभिनेता बुद्धि तामाङ फिचर्ड छन् ।

गीतको शब्द संगीत गायक धनकिरणले नै भरेका छन् । एरेन्ज सुरथ प्रधानको छ । भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने सिनेमेटोग्राफी राम कुमार केसिको छ ।

सन्देश शाहले सम्पादन गरेको भिडियो मिलन चाम्सको निर्देशनमा तयार भएको हो । अल्का गुरुङले भिडियोलाई निर्माण गरेकी हुन् ।

https://youtu.be/v5-YW1Jj2ZQ

Comments