Logo

चौथो नेपाली म्युजिक भिडियो अवार्ड घोषणा, विदेशमा हुने

कोरोना भाइरस (कोभिड – १९) ले गर्दा सिर्जित अवस्थाले गर्दा ठप्प रहेको मनोरञ्जनात्मक गतिविधि विस्तारै बढ्दै छ । नेपाली फिल्म र गीतसंगीतलाई चलायमान बनाउन विस्तारै कार्यक्रमहरु घोषणा भइरहेका छन् । यसै सन्दर्भमा नेपाली म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण सफलताका साथ पुरा गरिसकेको आयोजक संगिक्षा फिल्म्सले चौथो संस्करणको घोषणा गरेको छ । नेपाली गीत संगीतको क्षेत्रलाई थप चलायमान बनाउन र आफ्नो अवार्डलाई निरन्तरता दिन चौथो संस्करण घोषणा गरिएको संगीक्षा फिल्म्सका अध्यक्ष मनोज कुमार केसीले बताए ।

उनले सामाजिक सञ्जाल मार्फत नयाँ वर्षको अवसरमा अवार्ड हुने घोषणा गरेका हुन् । उनले सन् २०२१ मा चौथो संस्करण हुने जानकारी सहित फारम खुलाएको समेत जनाएका छन् । ‘मनोरञ्जनको गतिविधि बढ्दै गर्दा हामीले अवार्ड मार्फत टेवा पुगोस् भन्ने उदेश्यका साथ अवार्डलाई निरन्तरता दिदैछौ’ अध्यक्ष केसीले भने ,’हामीले विदेशी भूमीमै अवार्ड आयोजना गर्नेछौ ।’ उनले सन् २०२१ मै अवार्ड हुने बताएता पनि मिति र स्थान भने खुलाएका छैनन् ।

‘हामीले औपचारिक कार्यक्रम गरेर नै स्थान र डेटको बारेमा जानकारी दिनेछौ’ केसीले भने । उनले गीत दर्ता भने खुलेको बताए । यसअगाडी युएईको अबुधाबी र दुबईमा क्रमशः पहिलो र दोस्रो संस्करण सम्पन्न गरेको अवार्डको तेस्रो संस्करण संगीक्षा फिल्‍मसले ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको थियो । अघिल्लो संस्करण झैँ यसपटक पनि अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाको गीत अन्तर्गत गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिने केसीले बताए ।

Comments