Logo

हरिहरले स्विकारे नीतासँगको प्रेम

युवा ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाबीच प्रेम सम्बन्धका गसिप धेरै बने । मिडियामा यी दुईको प्रेम चर्चा राम्रै भइरह्यो । तर एकले अर्कोलाई असल साथी भन्दै पन्छिँदै आएका थिए ।

अन्ततः हरिहरले नीतासँगको प्रेम स्विकार गरेका छन् । सामाजिक सञ्जालमा एकसाथ दुई जनाको तश्विर पनि पोष्ट गरेका छन् । जवाफमा सुभचिन्तकहरुबाट शुभकामना र बधाइको ओहिरो लागिरहेको छ । पछिल्लो समय नीताले सेयर गर्दै आएका स्टोरी, पोष्टहरुमा यो जोडी खुशी देखिन्छ ।

हरिहरले स्विकार नगरिसक्दा पनि नीताले विभिन्न अन्तर्वार्तादेखि सार्वजनिक कार्यक्रममा आउने प्रश्नको जवाफमा घुमाउरो पाराले प्रेम स्विकार गर्दै आएकी थिइन् । प्रेमलाई छताछुल्ल पार्न, सार्वजनिक गर्न हरिहर भन्दा अघि नीता सकृय थिइन् । गत हप्ता पोखरामा यो जोडीले लामो डेट गर्यो । उक्त समयमा पनि नीताले फेसबुक र स्टाग्राममा घुफिरदेखि ह्याङआउटका विभिन्न स्टोरीहरु सेयर गरेकी थिइन् ।

श्रोतका अनुसार यो जोडी पछिल्लो डेढ बर्षदेखि प्रेम सम्बन्धमा छ । एक अर्काबीचको बुझाई र प्रेम झाङ्गिँदै गर्दा समय मिलेको खण्डका हरिहर र नीता एकसाथ रहन्छन् । हरिहर र नीता मिलेर एक फिल्म निर्माणको तयारी समेत गरिरहेका छन् । सेलिब्रेटी ज्योतिषी हतिहरसँग सम्बन्ध जोडिएपछि नीता पछिल्लो समय आध्यात्मिक ‘वे’मा छिन् । केहि समय पहिले उनले एक भजन रेकर्ड गर्दै गायन क्षेत्रमा पाइला राखेकी थिइन् ।

बिहे कहिले भन्ने प्रश्नमा भने हरिहर उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिन्छन् ।

Comments