Logo

अभिनेत्री शिवाकोटीको ब्रेकअप !

नेपाली रजतपटमा अभिनेता अभिनेत्रीहरुको लभ अफेयर र ब्रेकअपको खबर फेशन जस्तै बनिरहन्छ । कोरोना भाइरसको कहर र त्यसपछिको लकडाउनले फिल्म क्षेत्र सुस्ताउँदा समेत कलाकारहरुको लभ अफेयर र ब्रेकअपको खबरले फिल्म उधोगलाई गर्माइरह्यो ।

केहि दिन पहिले मात्रै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमी देवांश राणासँग सम्बन्ध सकिएको खबरले सिनेवृत्त गर्माएको थियो । त्यसो त पछिल्लो केहि बर्षको बीचमा साम्राज्ञीको यो दोश्रो ब्रेकअप खबर थियो । साम्राज्ञी यसअघि मयंक खड्कासँग ब्रेकअपपछि देवांशसँग जोडिएकी थिइन् ।

शनिबार मात्रै सम्बन्ध सकिएको अर्को ब्रेकिङ खबर छ अभिनेत्री बर्षा शिवाकोटी र उनका प्रेमी सविन जंग बस्नेतबीचको । सविनले सामाजिक सञ्जालमा लामो पोष्ट लेखेर वर्षाले धोका दिएको मात्र जोडेका छैनन्, अफ्ठ्यारो समयमा साथ नदिएको दुःख पनि पोखेका छन् ।

अमेरिकाको टेक्सासमा रहेका सविनले इन्स्टाग्राममार्फत वर्षाले आफूलाई धोका दिएको बताएका छन् । उनले वर्षासँगका आधा दर्जन बढि तस्विर सेयर गर्दै लामो स्टोरी लेखेर अप्ठेरो समयमा वर्षाले साथ नदिएको गुनासो गरेका छन् ।

इन्स्टामा राखेको लामो पोष्टमा सविनले लेखेका छन्, ‘ म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गनृ सक्दिन । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो । गल्ती मैले पनि गरेँ हुँला तिम्ले पनि गर्यौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो’ सविनले लेखेका छन् ।

त्यसो त शुक्रबार मात्रै सार्वजनिक एक अन्तर्वार्तामा वर्षाले आफुलाई र आफ्नो कामलाई बुझ्नेसँग विवबाह गर्छु भनेर बोलेको कुरा आफैले फेसबुकमा सेयर गरेकी छिन् । जतिबेला उनले उक्त कुरा बोलेको भिडियो कन्टेन्ट सेयर गरिन् उक्त समयमा नै वर्षाका प्रेमी सविनले विदाईका शब्दहरु पोस्ट गरिसकेका थिए । तर सविनले यो प्रकारको पोष्ट गरेर सफाइ दिइसक्दा वर्षा भने स्टोरीहरुमा आफुलाई ‘फन लभिङ’ चिनाउँदै विभिन्न घुमघामका पोष्ट सेयर गरेर बसेकी छिन् । शुक्रबार राती उनले अभिनेत्री पूजा शर्मासँग ‘डेट नाइट’ लेख्दै रमाईरहेको स्टोरी फेसबुकमा पोष्ट समेत गरेकी छिन् । जुन कुराले ब्रेकअपको खबर आफुलआई कुनै प्रवाह नभएको वर्षा बताउन चाहन्छिन् भन्ने अनुमान गराउँछ ।

उता सविनले वर्षा र आफ्नो प्रेम १७ महिना पुरानो भएको पनि जनाउँदै यो अवधिमा बिताएको समय असल रहेको पनि बताएका छन् । सविन र वर्षाको प्रेम गत वर्षको दसैँयता सुरु भएको थियो । भर्चुअल कुराकानी गहिरो बन्दै गए पछि वर्षा गत सालको दसैँ लगत्तै सविनलाई भेट्न अमेरिका उडेकी थिइन् ।
यो वर्ष पनि वर्षा कोरोना महामारीको पर्वाह नगरी सविनलाई भेट्न अमेरिका गएकी थिइन् । अमेरिका रहेको बेला उनले इन्स्टा र सामाजिक सञ्जालमा सविनलाई लुकाउँदै लुकाउँदै देखाउने गरेकी थिइन् ।

नेपाल फर्किएपछि भने वर्षा र सविनको फोटो समाचार आउन थालेको थियो र वर्षाले चाँडै नै विवाह गर्ने बताउँदै आएकी थिइन् । स्मरण गराउः सविनसँग नाम जोडिनु अघि भने वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिँदै आएको थियो । त्यसअघि एक समय वर्षाको नाम मोडल निराजन प्रधानसँग समेत जोडिएको थियो ।

https://youtu.be/AnzBBdBXPZ8

Comments