नयाँ फिल्मको तयारीमा रेखा, घटाइन् २० केजी तौल
फिल्मीनेपाल । अभिनेत्री रेखा थापाको पछिल्लो फिल्म ‘मालिका’ रिलिज भएको दुई बर्ष भयो । यो बीचमा उनले न त कुनै बाहिरी ब्यानरमा काम गरिन् न त आफु नै निर्माणमा जुटिन् । त्यसपछिको करिब २ बर्षको मेहनत र विश्रामपछि रेखा नयाँ प्रोजेक्टको तयारीमा जुटेकी छिन् ।
त्यसो त यो बीचमा रेखाले रेनशा वान्तवा राईलाई निर्देशक लिएर काम गर्नेदेखि आफ्नै ब्यानरमा सबिर श्रेष्ठसँग टिमअप गरेर फिल्म बनाउने चर्चा भने नचलेका होइनन् । तर समय घर्किँदै जाँदा रेखा पर्दामा नदेखिएको दुई बर्ष बढि हुँदैगर्दा अब भने रेखा पर्दामा फर्किने जमर्को गर्दैछिन् । फिल्मीनेपालसँगको कुराकानीमा रेखाले आगामी बैशाखबाट नयाँ फिल्मको काम सुरु गर्ने बताइन् ।
तयारी भइरहेको छ, स्कृप्ट ‘अलमस्ट रेडी’ छ, उनले भनिन्, चैत्र लागेपछि सबैकुरा सार्वजनिक गरेर अघि बढ्छु ।’ रेखाले यो पटक पछिल्ला फिल्ममा देखिएको भन्दा भिन्न अबतारमा पर्दामा देखिन लागेको पनि खुलाइन् । ‘
समय परिवर्तित छ, दर्शक परिवर्तित छन्, फरक परिवेश र फरक भुमिकालाई आत्मसाथ गर्नु अहिलेको आवश्यकता हो, रेखा भन्छिन्ः ‘अब आउने फिल्ममा दर्शकले मलाई विल्कुल फरक अबतारमा देख्नुहुनेछ, त्यसको लागी अब धेरै पर्खाउन सक्दिनँ ।’
मालिका’ रिलिजको समयभन्दा रेखाले १५ केजी तौल समेत घटाएकी छिन् । व्याक्तिगत रुपमा ट्रेनर राखेर व्यायाममा लागेकी रेखाले लकडाउनको बीचमा आफ्नो तौललाई ५० मा झारेकी छिन् ।