छायांकन अगावै ‘डिसेम्बर फल्स’को डिजिटल अधिकार बिक्री
फ्लोरमा जाने तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को डिजिटल अधिकार र अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । फिल्मको युट्यूव र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट युट्युव डिजिटल र ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले खरीद गरेको हो ।
लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले यस अघि पनि अष्ट्रेलियामा विभिन्न फिल्महरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ अब ‘डिसेम्बर फल्स’का टिजर, गीत, ट्रेलर र रिलिजपछि अपलोड हुने पुरा फिल्म दर्शकहरूले ‘नेप आर्ट’ नामको युट्यूव च्यानलमा हेर्न पाउने छन् ।
यो फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतको अभिनय रहने छ ।आइतबारबाट फिल्मको छायांकन पोखरामा सुरु हुने बताइएको छ । फिल्ममा कलाकारहरूको वजनदार उपस्थिति र दर्शकप्रिय कलाकारहरूको जमघटको आधारमा ‘डिसेम्बर फल्स’ खरीद गरेका हौं -‘ एजुकेशन एण्ड माइग्रेशन कर्नरका प्रमुख सुनील उप्रेतीले भने ।
प्रेम कथामाथि आधारित यो फिल्मलाई प्रविण झाले निर्देशन गर्नेछन् भने छायांकार महेश आर गुप्ता हुन् । यी दुबै भारतीय फिल्ममा काम गरिसकेका प्राविधिक हुन । लक्ष्मण रिजाल कार्यकारी निर्माता हुन् भने रामप्रसाद रिजाल र राजकुमार भट्ट फिल्मका निर्माता हुन ।
तश्विरः राजन घिमिरे