ज्ञानु राईको ‘उभौली’मा फुलन्देकी आमाको छमछमि |भिडियो
सञ्चारमर्मी ज्ञानु राईको निर्देशनमा तयार म्युजिक भिडियो ‘उभौली’ युट्युवमा रिलिज गरिएको छ । सुनिल राईको संगीत तथा एरेञ्ज रहेको गीतको शब्द रचना सिमान्त राईले गरेका हुन् ।
किराँती रीतिरिवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको गीतमा पछिल्लो समयकी मेलिना राई र स्वंयम संगीतकार राईले स्वर भरेका छन् । किराँतीहरुको महान पर्वको रुपमा रहेको साकेला पुजालाई गीतमा प्रस्तुत गरिएको छ । गीतको भिडियो रिता राईले निर्माण गरेकी हुन् ।
फुलन्देकी आमाको नामले परिचित उमेश राईसँगै प्रोस्जेन राई र उषा तामाङलाई गीतको भिडियोमा फिचर्ड गरिएको छ ।निर्देशक राईले नै छायांकन गरेको गीतको भिडियोमा विरबहादुर थारुको सम्पादन छ ।
https://youtu.be/gQf1HFCXT_E