पौषदेखि हल खोल्ने चलचित्र संघको उद्घोष, चरणवद्ध आन्दोलन घोषणा
चलचित्र वितरक र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले आगामी पौष १० गतेबाट हलहरु सञ्चालनमा ल्याउने उद्घोष गरेको छ । खेलकुददेखि ठुला भिडभाड हुने विभिन्न क्षेत्रहरु खुला भइसक्दा पनि सरकारले चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने कुनै योजना नबनाएको भन्दै आक्रोशित बनेका चलचित्रकर्मीले हल खोल्ने आफैं घोषणा गरेका हुन् ।
कोभिड महामारीकोबीच चलचित्र घर बन्द भएको ९ महिना पुग्न लाग्दा सरकारले यो क्षेत्र खुला गर्ने विषयमा कुनै कदम उठाएको छैन । रेष्टुरेन्ट, होटलदेखि कल कारखाना, जीम हलहरु खुला भइसक्दा सामाजिक दुरी कायम गर्दै सुरक्षाका मापदण्ड पालना गरि हल खोल्छौं भनिरहँदा पनि प्रदर्शक र हल सञ्चालकहरुको आवाजलाई सरकारले बेवास्ता गर्दै आइरहेको छ । त्यसकै विरोध स्वरुप स्वतस्फुर्त रुपमा हल खोल्ने संघले घोषणा गरेको हो ।
कोरोना भाइरसको संक्रमणले सवैभन्दा बढि प्रभावित क्षेत्र चलचित्र क्षेत्र भन्दै संघले कोभिड महामारीपछि निर्माता। वितरक तथा प्रदर्शकहरुको अत्याधिक आर्थिक नोक्सानी भइ क्षेत्र नै धारासायी भएको जनाएको छ । कलाकार र प्राविधिकहरुलाई दैनिक गुजारा गर्न समेत कठिन भइरहेको अवस्था विद्धमान हुँदा लकडाउन हटिसकेको र यातायातदेखि हधोग कल-कारखाना पुर्ण खुल्दा सरकारले फिल्म हल खोल्ने स्विकृति नदिएको भन्दै संघले डब्लुएचओको सुरक्षा मापदण्ड पालना गर्दै चलचित्र घरहरु खोल्ने स्व घोषणा गरेको बताएको छ ।
यो संगै चलचित्र संघले सरकार समक्ष मागहरु पेश गर्दै चरणवद्ध आन्दोलनको पनि घोषणा गरेको छ ।
प्रेस विज्ञप्ति जस्ताको तस्तैः