Logo

मनोज गजुरेलसँग बिहेको हल्लापछि वर्षालाई तनाब !

पछिल्लो हप्ता एक टेलिभिजन कार्यक्रममा आफुले दोश्रो बिहे गर्न लागेको खुलाशा गरेपछि हाँस्य कलाकार मनोज गजुरेल चर्चामा छन् । त्यसो त गजुरेलले दोश्रो बिहे गर्न लागेको खुलाशा गरेपछि त्यसको बारेमा सकारात्मक र नकारात्मक विभिन्न टिप्पणी पनि भइरहेका छन् ।

यो बीचमा केहि अनलाइन मिडियामा गजुरेल र अभिनेत्री वर्षा शिवाकोटीले बिहे गर्न लागेको हल्ला आएपछि यसको तनाबमा भने अभिनेत्री शिवाकोटी परेकी छिन् । सोमबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोश मात्रै पोखेकी छैनन्, पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाले पत्रकारितामाथी नै प्रश्न उठ्ने गरेको लेखेकी छिन् ।

अभिनेत्री शिवाकोटीले वरिष्ठ हाँस्य कलाकार गजुरेललाई ‘सर’को सम्बोधन गर्दै उहाँप्रति आफ्नो सधैं सम्मान रहेको बताएकी छिन् । ‘उहाँ र मेरो बाटो अलग अलग छ, उनले लेखेकी छिन्, ‘कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो ।’

(तश्विर स्रोतः वर्षा शिवाकोटीको फेसवुक)

यस्तो छ वर्षा शिवाकोटीको स्टाटस्ः

 

Comments