Logo

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ : ‘टप थ्री’ फाइनलिस्ट तय

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको डान्सिङ रियालिटी शो ‘‘डान्सिङ विथ दि स्टार्स नेपाल’को फाइनल प्रतिस्पर्धाको लागी तीन जोडी तय भएका छन् । ‘टप थ्री’मा अटाउन नसक्दा फुलन्देको आमा उपनामले परिचित उमेश राई भने बाहिरिएका छन् ।

 

यो शोको टाटल प्रतिस्पर्धाको लागी अब तीन जोडी भिड्नेछन् । अन्तिम स्पर्धामा पहिलो नेपाल आइडल बुद्ध लामा र केविका, अभिनेत्री मोडल सुमी मोक्तान र विजु पार्कीसँगै मोडल प्रनिका आचार्य र सुभम भुजेल पुगेका छन् ।

दर्शकले गरेको भोटिङका आधारमा अन्तिम प्रतिस्पर्धि तय भएका छन् । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ले एकपछि अर्को इपिसियोडमा दर्शकको साथ पाउँदै आफुलाई हिट शो को रुपमा उभ्याइसकेको छ । जहाँ दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई निर्णायक छन् ।

Comments