लकडाउनमा अर्जुनलाई भ्याइ नभ्याइ !
कोरोना भाइरसको महामारी धेरै वर्ग र क्षेत्रमा मानिसहरुलाई प्रभावित गरेपनि गायन र सांगितिक विधा भने रोकिएन । देश विदेशमा यहि प्रकोपलाई लिएर विभिन्न गीतहरु बने, कतिले सांगितिक माध्यमबाटै सान्त्वना प्रदान गरे ।
नेपालमा पनि गायक संगीतकारहरु जति नै ठुलो लकडाउनमा पनि काम बिहिन हुनु परेन । जसभित्रको एक नाम हो संगीतकार अर्जुन पोखरेल । लामो समयदेखि संगीत कम्पोजमा सकृय अर्जुन प्रेमिल विधामा धुन भर्नमा अग्र पङ्गतिमा आउने संगीतकारमा पर्छन् । चाहे फिल्म होस् या म्युजिक भिडियो उनको संगीतवद्ध प्रायः गीत हिट लिस्टमै छन् ।
फिल्मीनेपालसँगको कुराकानीमा अर्जुनले सुनाए, ‘लकडाउन अवधिभर करिब ३ दर्जन (३५ वटा) गीतको म्युजिक कम्पोज गरेँ ।’ फिल्मको छायांकन र प्रदर्शन अनिश्चित हुँदा उनको बढि व्यस्तता म्युजिक भिडियोको लागी गीत बनाउने मै भयो । यो बीचमा अर्जुनले नयाँ अनुभव पनि बटुले, म्युजिक भिडियोको निर्माता बनेर ।
लकडाउनको बीचमा चार वटा गीतको भिडियो निर्माणमा पनि उनले लगानी गरेर निर्माता बन्दाको अनुभव सङ्गाले । निर्माणको अनुभव सुनाउँदै अर्जुन भन्छन्, ‘राम्रो कलाकार, राम्रो टिम र राम्रो लोकेशन रोज्ने हो भने २ देखि ५ लाख बजेट बीना भिडियो निर्माण गर्न नसकिने रहेछ ।’
यो व्यस्ततालाइ अन्दाज गर्दा लकडाउनकै आसपास गायिका दुर्गा खरेलसँग लगनगाँठो कसेका अर्जुनलाई बिहेले झनै फलिफाप मिलिरहेको बुझाउँछ ।
(तश्विरः अर्जुन पोखरेलको फेसबुक)