Logo

रेखा वाणीः ‘आत्मा बस्ने मन्दिर हो शरिर’

अभिनेत्री रेखा थापा पर्दामा नदेखिएको लामै समय भइसकेको छ । फिल्म बनाउन तम्तयार भएकी रेखाको सपना तत्काललाई कोरोना भाइरसले पर धकेलेको छ । यो बीचमा रेखा फिगर बनाउन मरिमेटेकी छिन् । उनै रेखा पछिल्लो समय आध्यात्मिक र दार्शनिक पनि बनिरहेकी छिन् ।

शुक्रबार बिहानै रेखाले सामाजिक सञ्जालमा एक दार्शनिक पोष्ट राखिन् । सुर्यको किरणसँगै फेसबुकमा रेखा लेख्छिन्, ‘आत्मा बस्ने मन्दिर त हो शरीर, घुम्ती मन्दिर जो हरेक किसिमका चोक चौराह र मोड पार गर्छ, र भेटिन्छन् अनगिन्ती सुन्दर अरु मन्दिर हरु पनि ।’

आफ्नो शरिरलाई मन्दिर भन्दै जीन्दगीको दौरानमा भेटिने र जोडिने सम्वन्धलाई पनि अर्को मन्दिरको रुपमा रेखाले लिएकी छिन् । रेखाको पोष्टमा भगवान र भगवानको मन्दिरसँगको आस्था पनि झल्किन्छ ।

रेखाको यो पोष्टले मानिसलाई सबैभन्दा पहिले आफुलाई प्यार गर्न संकेत गर्छ । त्यसैले त अन्य भेटघाटमा पनि उनले सुनाउने गर्छिन्, ‘सुरुमा म को हो, मेरो धरातल के हो सम्झिनुस्, अनि बल्ल आफ्नो गन्तव्य तय गर्नुस् ।

Comments