अनुमतिबीना पोशाक प्रयोग नगर्न प्रहरीको उर्दी, फिल्म र टिकटकरलाई एउटै नियम !
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकहरुको दुरुपयोग भएको भन्दै अनुमतिबीना प्रयोग नगर्न उर्दी जारी गरेको छ । विभिन्न चलचित्र, टेलिचलचित्रदेखि प्रायङ्क र टिकटकसम्म प्रहरी पोशाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।
तीन बुँदा बनाइ निकालिएको विज्ञप्तिमा प्रहरिको पोशाक प्रयोग गर्नुपुर्व प्रहरी प्रधान कार्यालय नक्सालको जनसम्पर्क तथा प्रचार प्रसार इकाईमा पोशाक प्रयोग गर्नुको प्रयोजन खुलाई स्विकृति लिने प्रावधान रहेको भनिएको छ । यस्तै स्विकृति नलिई पोशाकसँगै दर्ज्यानी चिन्ह, मोनोग्राम प्रयोग नगर्न समेत भनिएको छ ।
प्रधान कार्यालयले तोकेको बाहेकका कुनै पनि कार्य भएको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत विज्ञप्तिमा भनिएको छ । उता चलचित्रकर्मीले भने प्रहरीको विज्ञप्ति आएको केहि बेरमै बिरोध जनाएका छन् । कतिले त फिल्मकर्मी र टिकटरलाई एकै प्रकारले हेर्ने प्रहरीको दृष्टिकोणमाथी आश्चर्य जनाएका छन् ।
सञ्चारकर्मी टर्न निर्देशक दिपेन्द्र लामाले नेपाल प्रहरीले पञ्चायत कालको मानसिकता कहिले त्याग्ने भन्दै लेखेको लामो स्टाटसमा प्रहरीहरु पहिला आफु सुध्रिनुस्, फिल्मकर्मीलाई फिल्म बनाउन दिनुस् लेखेका छन् । अन्य फिल्मकर्मीले पनि सामाजिक सञ्जालमा बिरोधका शब्द पोखेका छन् ।