Logo

जेलमुक्त भएको भोलीपल्टै प्रहरीमा रिया

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतलाई लागु औषध उपलब्ध गराएको आरोपमा पक्राउ परेकी रिया चक्रवर्ती बुधवार थुनुवामुक्त भइन् । मुम्बईको उच्च अदालतले उनलाई जमानतमा छाड्न आदेश दिएको थियो ।

एक लाख धरौटी र पासपोर्ट बुझाएर बाहिर निस्किएकी रियालाई अदालतले मुम्बई बाहिर जानेसम्मको अधिकार पनि दिएको छैन । अदालतको आदेशमा मात्रै उनले मुम्बई शहर छोड्न सक्नेछिन् । उता जमानत पाएको भोलीपल्टै उनि मुम्बईको एक प्रहरी चौकीमा भेटएकी छिन् ।

बिहिबार दिउँसो सन्ताक्रुज पुलिस स्टेशनमा पुगेको तश्विर फिल्मफेयरले सार्वजनिक गरेको छ । उनि किन र के को लागी चौकी पुगिन् खुलाइएको छैन्, भलै बुधबार मात्रै जमानत पाएकी उनि सबै प्रक्रियालाई औपचारिकता दिन चौकी पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
तश्विर श्रोतः फिल्मफेयर

Comments