फेम नेपाल र मिस हङकङ विजेताको सहकार्यमा खानासँगै स्वास्थ्य सामाग्री वितरण
‘मिस हङकङ नेपाल २०१७’ का विजेताहरुले कोरोना महामारीको चपेटामा परेकाहरुलाई खाना खुवाएका छन् । काठमाडौंको महालक्ष्मीस्थानमा आइतबार उनीहरुले बिहानको खानाका साथ स्वास्थ्य सामाग्री मास्क र स्यानिटाईजर समेत वितरण गरे ।
फेम नेपालको आयोजनामा ‘हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ’ नारालाई आत्मसाथ गर्दै सुन्दरीहरु सहयोगको हात लिएर मैदानमा पुगेका हुन् । ‘मिस हङकङ नेपाल २०१७’ का विजयी ३ मोडल शुष्मा लिम्बु, प्रजिला गर्वुजा र अलिजा गुरुङको सहकार्यमा महालक्ष्मीस्थानको फुड तथा क्लोथ बैङ्कमा १५० बराबर व्याक्तिहरुलाई खाना वितरण गरिएको थियो ।
फेम नेपालका प्रमुख विमल पछाई पनि सुन्दरीहरु सँगसँगै सहयोगमा जुटेका थिए । भोलीको दिनमा पनि यो प्रकारको सहयोग कार्यक्रमलाई निरन्तरता दिने पछाइले बताए । फेम नेपालले लामो समयदेखि मनोरञ्जनको क्षेत्रमा विभिन्न इभेन्टहरु आयोजना गर्दै आइरहेको छ ।