Logo

एक्लोपन बिर्साउने ‘केही बोल न’ |भिडियो

विश्वभर भयावह रुप लिएको कोरोना भाइरसले विश्वभर अर्को महामारीलाई जन्म दिइरहेको छ, त्यो हो मानिसक रोग । यसबाट कति मानिस प्रताडित भएका छन्, कुनै तथ्यांक छैन । कोरोनाले धेरै मानिसलाई चिन्ता र एकान्तमा पुर्‍याएको छ, जसका कारण धेरैमा मानसिक समस्या देखिन थालेको छ ।

हरेक दिन कोरोनाको संक्रमणबाट सयौँ मानिसको मृत्यु, आइसोलेसन र भय पैदा हुँदा विश्वव्यापी रूपमा मनोवैज्ञानिक चोट उत्पन्न भएको छ । जसका कारण डिप्रेसन, दुर्व्यबहार र आत्महत्याजस्ता समस्या बढेका छन् । यसबाट नेपाल पनि अछुतो छैन । यस्तैमा, कोरोनाले निम्त्याएको मानसिक समस्यालाई गायक विनित श्रेष्ठले ‘केही बोल न’ बोलको गीतमा उतारेका छन् ।

बिहीवार यूट्युबमा सार्वजनिक भएको गीतमा गायक श्रेष्ठकै शब्द तथा संगीत छ । भिडियोमा एक युवतीलाई एक्लोपनले सताउँदाको पीडा देखाइएको छ । कलात्मक शैलीमा खिचिएको भिडियोमा कृष्टि पौडेल फिचर छिन् । उनको अभिनय मनछुने छ । बाबु श्रेष्ठले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् । अभि श्रेष्ठ निर्देशित भिडियोमा दीपेन्द्र ठकुरीको कोरियोग्राफी छ । अहिलेको समयमा धेरैले भोग्दै आएको समस्यालाई गीतमार्फत् भन्न खोजिएको गायक श्रेष्ठले बताए ।
https://youtu.be/C0rQGOyk7-w

Comments