‘दर्पण छायाँ’ सिक्वेल, निर्देशनलाई उत्तम तयार
१९ बर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘दर्पण छायाँ’को सम्वन्धित स्टोरीलाई नै निरन्तरता दिँदै निर्माण गर्न लागिएको भनिएको सिक्वेल ‘दर्पण छायाँपछि’लाई अभिनेता उत्तम प्रधानले निर्देशन गर्ने भएका छन् । हालै निर्माण टिमले निर्देशक टुंगो लगाएको हो ।
उत्तम उक्त फिल्मका लिड अभिनेता हुन् । उत्तमसँगै दीपिल रायमाझी, निरुता सिंहको अभिनय रहेको फिल्म ब्लकवस्टर सावित भएको थियो । तुलसी घिमिरेले ‘दर्पण छायाँ’लाई निर्देशन गरेका थिए ।
उत्तमले हाल स्कृप्टको काम भइरहेको बताएका छन् । ‘दर्पण छायाँ’को क्लाइमेक्सबाट नै सिक्वेलको कथा सुरु हुनेछ । त्यसपछि उक्त कथाले २० बर्षपछिको अवस्था जोड्नेछ, जहाँ वर्तमान परिवेश समेटिनेछ । उत्तमलाई स्कृप्टमा निर्देशक घिमिरेले सघाएका छन् ।
यसअघि निर्देशक घिमिरेले ‘दर्पण छायाँ’को ‘नेम सिक्वेल’ निर्माण गरेका थिए । तर ‘दर्पण छायाँ २’ ले ‘दर्पण छायाँ’को मर्मलाई न्याय गर्न नसकेको भन्दै आलोचना भएको थियो । निर्माण टिमले अब बन्ने फिल्मलाई ‘रियल सिक्वेल’ भनेको छ । फिल्ममा दीलिप, निरुता र उत्तमले नै निर्माण गर्दैछन् ।
तश्विर श्रोतः (उत्तम प्रधानको फेसबुक)