Logo

ठगी प्रकरणः पैसा फिर्ता गर्ने भन्दै अनमोलले लेखे भावुक स्टाटस

गत हप्ता नेपाली मिडियामा चर्चामा रहेको अभिनेता अनमोल केसीको ‘ठगी मुद्धा’ले नयाँ रुप लिएको छ । यो विषयमा धारणा सार्वजनिक गर्दै युवा स्टार अनमोलले आफ्नो कारण नभई स्वयंम फिल्म ‘धुपौरे’ निर्माण टिमको गल्तिको कारण घटना सृजना भएको दाबी गरेका छन् ।

अफिसियल फेसबुक पेजमा स्टाटस लेख्दै अनमोलले आफु काठमाडौं बाहिर रहेको समयमा ठगी आरोप लागेको समाचार मिडियाबाट सुनेको भन्दै स्तब्द भएको बताएका छन् । लामो स्पष्टिकरणमा अनमोलले फिल्मको स्कृप्टमा परिमार्जन ल्याउन पटक पटक आग्रह गर्दा निर्माण टिमले बेवास्ता गरेको र सिधै फ्लोरमा जान तयार भएकोले आफु बरु पैसा फिर्ता गर्ने तर सोहि स्कृप्टमा काम गर्न तयार नभएको बताइसकेको समेत जोडेका छन् ।

‘करीब ३-४ महिना पहिला “धुपौरे” नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो उनले लेखेका छन्, ‘यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरे” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ?’

अन्तिममा अनमोलले आफु जुनसुकै समयमा पनि उक्त पैसा फिर्ता गर्न तयार रहेको भन्दै आफु राजधानीबाहिर रहेको समयमा चरित्रहत्या गर्न खोजेकोमा दुःख व्यक्त गरेका छन् । अनमोल यतिबेला फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङमा पोखरामा व्यस्त छन् ।

यस्तो छ अनमोलको स्टाटसको पुर्णपाठः

Comments