सलमानको रेट एक दिनको ७ करोड !
वलिउड सुपरस्टार सलमान खान भारतमा सर्वाधिक कमाई गर्ने स्टार मध्येका एक हुन् । फिल्मसँगै विभिन्न विज्ञापनमा देखिने सलमान विभिन्न ब्राण्ड प्रचारमा देखिन्छन् । ब्राण्ड प्रचारमा उनि सर्वाधिक डिमाण्डेड अभिनेता पनि हुन् । यो बीचमा उनले एक विज्ञापन सुट गर्दा एक दिनको ७ करोड लिएका छन् ।
बलिउड हङ्गामाले लेखे अनुसार सलमानले गत महिना एक चाइनिज स्मार्टफोनको प्रचार विज्ञापनको लागी एक दिनको ७ करोडको दरले रकम बुझेका छन् । सलमानको ‘हाइ फ्यान फलोइङ’का कारण उक्त ब्राण्डले महंगो रकम तिर्न तयार भएको बुझिएको छ । गत महिना मुम्बईको मेहवुव स्टुडियोको उक्त विज्ञापन सुट गरिएको थियो ।
फिल्म तर्फ सलमान यतिबेला ‘राधे’को काममा व्यस्त छन् । यो फिल्म आगामी इदमा रिलिज हुनेछ ।