कानुनले बाध्यो प्रिंयका र आयुष्मानको लगनगाँठो
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाँधिएका छन् । लामो समयको प्रेम सम्बन्ध र विभिन्न चर्चा परिचर्चा पश्चात दुबैजना कानुन सम्बत विवाह बन्धनमा बाँधिएका छन् ।
पारिवारिक सदस्यहरु र केहि सिमित व्यक्तिहरुको उपस्थितिमा प्रियंका र आयुष्मानले ललितपुर जिल्ला अदालतमा कानुनी रुपमा विवाह गरेका हुन भने सामाजिक प्रचलन अनुसार भने भोली अर्थात फागुन १६ गते विवाह हुनेछ । प्रियंकाले आफ्नो अफिसियल ईन्स्टाग्राम अकाउन्टबाटे आयुष्मान र आफ्नो विहेको फोटो सेयर गर्दै विवाह भएको सार्वजनिक गरेकी हुन् ।