फ्लोरमा ‘परदेशी २’, पर्दामा प्रकाश र वर्षाको जोडी
हिट फिल्म ‘परदेशी’ को सिक्वेल शुभसाइत भएको छ । शिवरात्रीको अबसरमा पशुपतिनाथ मन्दिरमा पुजाआजा गर्दै निर्माण टिमले फिल्मको शुभसाइत छोप्यो । निर्देशक र कलाकारहरुले स्कृप्ट पुजा गरे ।
नारायण रायमाझीको कथा र निर्देशनमा बन्ने फिल्मको छायाँकन पनि सुरु भएको छ । प्रकाश सपुत र वर्षा शिवाकोटी लिड अभिनयमा रहनेछन् । चर्चित गायक सपुतको लागी यो डेब्यू फिल्म हुनेछ । यसअघि ‘परदेशी’मा प्रशान्त तामाङ र रजनी केसी लिड अभिनयमा थिए ।
यो पटक पनि निर्माण टिमले वैदेशिक रोजगारीको कथालाई पर्दामा उतार्नेछ । अघिल्लो पटक पनि सोहि विषय उठान गरेर मार्मिक फिल्म तयार हुँदा निर्देशक तारिफका पात्र बनेका थिए । ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउनेछ ।