Logo

सर्वाधिक महंगो रकममा बिक्री भयो ‘सेन्टी भाइरस’को विदेश राइट्स

धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’को विदेश प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ । फिल्म टिमले एक अमेरिकी कम्पनिलाई १ करोड १५ लाखमा फिल्मको विदेश राइट्स बिक्री गरेको बताएको छ ।

अमेरिकाको नेप्सिने कम्पनिले उक्त रकममा फिल्मको सम्पुर्ण अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार आफ्नो पोल्टामा पारेको हो । अब नेपाल बाहेकका जुनसुकै देशमा फिल्म प्रदर्शन गर्न इच्छुकले उक्त कम्पनिको अनुमतिमा मात्रै शोज पाउनेछन् । सोमबार मात्रै नेप्सिनेका प्रमुख विधान कार्की र निर्माण कम्पनि सुविहानी फिल्मस्का तर्फबाट सिताराम कट्टेल (धुर्मुस) बीच सम्झौता भएको हो । यो रकमलाई नेपाली फिल्मको विदेश अधिकार हालसम्मकै ठुलो दाबी गरिएको छ ।

रामबाबु गुरुङले निर्देशन रहेको फिल्मले कमाउने मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने यसअघि नै घोषणा गरिसकिएको छ । फिल्म महाशिवरात्रीको अवसर पारेर आगामी फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको ‘सेन्टी भाइरस’मा सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, राजराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ । केहि दिन पहिले सार्वजनिक यो फिल्मको ट्रेलरले दर्शकबाट तारिफ बटुलिरहेको छ ।

https://youtu.be/J3OM7uxRDaM

Comments