Logo

श्वेताले रिबन काटेपछि कलंकीमा खुल्यो मायाजको चौथो शाखा

आफ्नो जीवनको २० बर्ष लामो समय सौन्दर्य क्षेत्रमा बिताएकी सौन्दर्यकर्मी गीता गिरीले राजधानीको कलंकीमा ‘मायाज ब्युटी पार्लर एण्ड ट्रेण्डिङ सेन्टर’ को चौथो शाखा सञ्चालनमा ल्याएकी छिन् । उक्त पार्लरको शनिबार एक कार्यक्रमकाबीच अभिनेत्री श्वेता खड्काले रिबन काटेर उद्घाटन गरिन् ।

नेपाली कला क्षेत्रलाई असाध्यै माया गर्ने भएकोले आफ्नो पार्लरको शाखा विस्तारमा कलाकारलाई स्थान दिएको गिरीको भनाइ छ । यसअघि पनि उनले कलाकर्मीकै हातबाट हरेक शाखाको शुभारम्भ गर्दै आएकी थिएन् ।

शाखा उद्घाटन गर्दै अभिनेत्री खड्काले महिलाहरुलाई सक्षम बनाउने पेशा अङ्गाल्दै देशभर थुप्रै ब्युटिसियनहरु जन्माउन सफल मायाज पार्लरको देशभर अझै धेरै शाखा खुलोस् भन्दै शुभकामना दिइन् । सञ्चालिका गिरीले कलंकी शाखा सुभारम्भको अवसरमा सबै सेवा सुविधामा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको बताएकी छिन् ।

Comments