‘सेल्फी किङ’ निर्देशकको पोल्टामा ‘अर्जुन रेड्डी’को नेपाली रिमेक
तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले गत हप्ता नेापलमा चर्चा पायो । उक्त फिल्मलाई जोडेर विभिन्न कलाकारहरुको नाम पनि सामाजिक सञ्जालमा छपफलमा आयो । अब भने निर्माण कम्पनिले निर्देशक कन्फर्म गरेको छ । ‘सेल्फी किङ’ डेब्यू निर्देशक विशाल सापकोटाले यो फिल्ममा क्याप्टेनको जिम्मा सम्हाल्ने भएका छन् ।
निर्देशनमा विशाल अनुबन्ध हुँदा निर्माण कम्पनि ‘युवा फिल्मस्’सँग ‘जी २१ फिल्मस्’ले ब्यानरमा साझेदारी पनि गरेको छ । ‘जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ‘युवा फिल्म्स’का केशव खड्का र आशिष श्रेष्ठले बताए । यसअघि ‘जी २१ फिल्म्स’ले निर्माण गरेको फिल्म ‘दुई रुपैयाँ’ सफल फिल्मको सुचीमा छ ।
फिल्ममा कलाकार को को रहने तय भइसकेको छैन । निर्देशक सापकोटाको ‘सेल्फी किङ’ यहि माघ २४ बाट दर्शकमाझ आउँदैछ ।