सम्बन्ध विच्छेद प्रकरणः श्रीमतीको नाममा रामकृष्णले लेखे भावुक स्टाटस
बुधबार सांझदेखि चर्चित गायक रामकृष्ण ढकाल र उनकी अर्धाङ्गिनी नीलम शाहबीच सम्बन्ध विच्छेदको समाचार भाइरल बनिरहेको छ । जिल्ला अदालत काठमाडौंको निर्णय जोडेर आएका समाचारप्रति विभिन्न प्रकारका टिका टिप्पणी भइरहेका छन् ।
यो बीचमा बुधबार सांझ ढकालले सामाजिक सञ्जालमा ‘अरुले जे भनुन् हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’ लेखेका थिए । एक सहकारीको ऋणमा परिरहेका ढकालको सम्बन्ध विच्छेदको प्रसङ्गलाई विभिन्न तरिकाले व्याख्या हुँदै गर्दा ढकालले श्रीमति र दर्शक श्रोताकोको नाममा पुनः भावुक स्टाटस पोस्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु ।’ उनले समाचा पश्चात नीलमको लागी आएका प्रतिक्रियाहरुलाई एक महिलाको न्युनतम सम्मानको विपरित भनेका छन् ।
अन्त्यमा ढकालले नेपाली गीत, संगीत क्षेत्रमा अनवरत हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमति नीलम भन्दै आफुहरु सधैं झैँ हाँसिखुशी परिवारमा सँगै रहेको भन्दै सम्बन्धमाक कुनै चिसो नआएको दाबी समेत गरेका छन् ।
यस्तो छ ढकालको स्टाटसः