राष्ट्रिय सम्मानसहित आर्यघाटमा भट्टराईको अन्त्येष्टि, आगोसँगै अस्ताए दीपक पनि
आइतबार राती दिवंगत भएका चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा नेपाल प्रहरीको टुकडीले सलामी दिँदा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भट्टराईको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाए ।
भट्टराईलाई १४ बर्षिय छोराले दागबत्ति दिए । उनलाई अन्तिम श्रद्धाञ्जली दिन सयौँको संख्यामा चलचित्रकर्मी तथा शुभचिन्तकहरु आर्यघाट पुगेका थिए । यसअघि चलचित्र विकास वोर्ड प्राङ्गणमा उनको पार्थिव शरिर श्रद्धाञ्जलीको लागी राखिएको थियो । त्यहाँ पनि उत्तिकै भीड थियो ।
भट्टराईसँगै बरिष्ठ कलाकार दीपक क्षेत्रको पनि आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भट्टराईको पार्थिव शरिरसँगै बोर्ड परिसरमा क्षेत्रीको पनि पार्थिव शरिर श्रद्धाञ्जलीको लागी राखिएको थियो । जहाँ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुबैलाई श्रद्धाञ्जली दिन पुगेका थिए ।
चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईको निधन
तश्विरः योगप्रसाद बिमली (आर्यन)