Logo

खेलकुद महाकुम्भ १३ औं सागः उद्घाटनमा दिपकको ‘मन मगन’

आइतबारबाट नेपालमा खेलकुदको महाकुम्भ सुरु हुँदैछ । १३ औं साग खेलकुदको महामेला नेपालमा हुन लाग्दा देशपुरै खेलमय बनिरहेको छ । राजधानीको दशरथ रंगशालामा राष्ट्रपतिले उद्धाटन गर्ने कार्यक्रम तय हुँदा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन् । जहाँ सार्क राष्ट्रका ६ हजारबढिले सहभागिता जनाउने छन् ।

यसैबीच उद्घाटन सत्रमा ‘हृदम’ ब्यान्डको चर्चित गीत ‘मन मगन’ पहिलो प्रस्तुति हुने भएको छ । गायक तथा संगीतकार दीपक बज्राचार्य सहितको टिमले प्रस्तुति दिनेछ । हजारौं कलाकारको साथमा ओपनिङ हुँदा सुरुवातमै दीपकले ‘मन मगन’बाट मनोरञ्जन दिनेछन् ।

देशमा मात्र नभइ विदेशका समेत करोडौं दर्शक श्रोताको मन जितेको उक्त गीत निकै लोकप्रिय बनिसकेको छ । नेपाली संस्कृति बोकेको गीतले खेलकुदको महाकुम्भ उद्घाटनमा सुरुवातमै दर्शक झुमाउनेछ । सँगसँगै अन्य विभिन्न गीतसंगीत तथा कल्चरल प्रस्तुतिमा हजारौं कलाकर्मी सहभागी हुनेछन् । नेपाली कला–संस्कृति झल्कने झाँकीहरु पनि प्रस्तुत हुनेछन् । उद्घाटन समारोह ३ घण्टा लामो हुँदैछ ।

(तश्विरः साग रिहर्सल)

Comments