सैनिक मुख्यालयमा ‘नालापानी’ चर्चा
ऐतिहासिक कथा बोकेको फिल्म ‘नालापानी’को हालै एक विशेष प्रदर्शनी भएको छ । नेपाली सेनाको मूख्यालयमा भएमो प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले फिल्म हेरेका छन् ।
प्रधान सेनापति थापाले फिल्म हेरेपछि आफु वि.सं. २०३८ साल तिर पुगेको महशुस भएको बताए । उनले ‘नालापानी’ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए । ‘हामीले आफ्नो इतिहासलाई बिर्स्यौं भने हामीले हाम्रो राष्ट्रलाई पनि बिर्सन्छौँ । योफिल्मले हामीलाई इतिहास बिर्सन दिँदैन । युद्द जित्नलाई हतियारले सहयोग गर्छ तर युद्द जित्न बिना रणनिती हतियारले मात्र हुँदैन भन्ने सन्देश ‘नालापानी’मा देखिन्छ’, थापाले भने, ‘नालापानीले हामी कहिल्यै कमजोर थिएनौँ भन्ने देखाउँछ ।
बिशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं ३०० जना बढि नेपाली सेनाका अधिाकारीहरुले एकसाथ उपस्थित थिए । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर वलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।
प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर वलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.सि., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकहरुमा आधारित रहि ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताए ।
यस फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ ।
रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको यस फिल्मको परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारीले गरेका हुन् । फिल्ममा द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लको छ भने बसन्त खत्री मगरले भिएफएक्स गरेका छन् । फिल्मको प्रदर्शन मिति तय भएको छैन ।