‘चपली हाइट ३’ शुभ साइत,अलमलमा स्वस्तिमा !
‘चपली हाइट’को तेश्रो सिक्वेल ‘चपली हाइट ३’ को राजधानीमा शुभ साइत गरिएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा मंगलबार पुजा गर्दै निर्माण टिमले फ्लोरमा गएको घोषणा गर्यो । भोली (बुधबार) बाट ओपचारिक रुपमा फिल्मांकन सुरु हुनेछ ।
‘चपली हाइट’ सिरिजको तेश्रो भाग यो पटक निकेश खड्काको निर्देशनमा तयार हुनेछ । यसअघिका संस्करणलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए । अर्जुनकुमार निर्माता छन् । मुर्हत तथा क्यामेरा पूजा कार्यक्रममा लिड कलाकार स्वस्तिमा खड्का आमिर गौतम, सुपुष्पा भट्ट नव अभिनेता महेश त्रिपाठी र प्रतिक श्रेष्ठ उपस्थित रहे ।
क्राइम थ्रिलर जनरामा बन्ने फिल्मले अघिल्ला संस्करण भन्दा भिन्न कथा बोल्ने निर्देशक खड्काको भनाइ छ । फिल्म ३५ दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले लिएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमाले भने फिल्मप्रति उत्साहित भएपनि केहि ‘कन्फ्यूजन’ रहेको खुलाइन् ।
‘पहिलो पटक यो प्रकारको जनरामा काम गर्दैछु, स्कृप्ट पढिसक्दा पनि अझै केहि ‘कन्फ्यूजन’ छ, स्वस्तिमाले भनिन् । उनले स्कृप्ट र क्यारेक्टर दुबैमा अलमलिएको बताउँदै गर्दा संवाददाताको प्रश्नमा पनि अलमल परिन् । ‘सेटमा पुगेपछि मेटिने विश्वास छ’, उनको भनाइ थियो ।
https://youtu.be/XPuK_p6GrDc