फ्लोरमा ‘हिजो आजका कुरा’, पशुपतिमा शुभ साइत
निर्माण घोषणाको करिब एक महिनापछि फिल्म ‘हिजो आजका कुरा’ फ्लोरमा गएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा सुभ साइत गर्दै निर्माण टिमले ओपचारिक सुटिङ सुरु गर्यो । अभिनेत्री रीमा विश्वकर्मा, कलाकार सन्तोष पन्त, रमा थपलिया लगायतले ‘मुहर्त सट’ दिए । कलाकारहरुले क्यामेरा पूजा पनि गरे ।
लामो समयसम्म सानो पर्दामा हिट बनेको टेलि सिरियल ‘हिजो आजका कुरा’ नाममै बन्न लागेको फिल्म पन्त फिल्मस् को ब्यानरमा तयार हुनेछ । रिरियल निर्देशक तथा कलाकार सन्तोष पन्तकै लगानीमा बन्ने फिल्मलाई उनका छोरा साकार पन्तले निर्देशन गर्दैछन् । काठमाडौं, चितवन र कुरिनटारमा छायाँकन हुने फिल्म ३५ दिनभित्र छायाँकन गरिसक्ने निर्माण टिमको लक्ष्य छ ।
फिल्ममा रीमा, सन्तोष, रमाका अलावा, केकी अदिकारी, ऋचा शर्मा, जेबिका कार्की, विनायक कुइंकेल, सविन शाक्य, रमेश अधिकारी, अनुष्का घिमिरे लिड अभिनयमा हुनेछन् । शुभ साइतमा रीमासँगै जेबिका र अनुष्का उपस्थित हुँदा केकी र ऋचा भने उपस्थित भएनन् ।
अब पर्दामा ‘हिजो आजका कुरा’, अभिनयमा हिरोइनहरुको जम्बो टोली !
रवि सायमीले खिच्ने फिल्म कमेडी जनरामा तयार हुनेछ । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुलाई फिल्मले समेट्ने यसअघि नै निर्माण टिमले बताइसकेको छ । फिल्मको कथा सन्तोष र साकार दुबैको हो । ‘हिजो आजका कुरा’लाई आगामी बर्ष २०७७ को बैशाख १२ मा प्रदर्शन तार्गेट निर्माण टिमको छ ।
https://youtu.be/ttZdwNEwQkQ