‘अन्तरे’ बन्न चोपेन्द्र तयार
फिल्म ‘बुलबुल’को अभिनयबाट एकाएक चर्चाका आएका अभिनेता मुकुन भुषाल नयाँ फिल्ममा अनुबन्ध भएका छन् । हालै उनि ‘अन्तरे’ बोलको फिल्म गर्न राजी भएका हुन् । सत्यराज चौलागाइँले निर्देशन गर्नेछन् ।
यसै साता उक्त फिल्ममा आवद्ध भएको भुषालले बताए । उनले आफ्नो समय र टीम दुवै मिल्न आएको बताए । ‘फिल्मको मूख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ । बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । त्यहि बिचमा यो फिल्मको पनि पाएँ ।
मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ पुरै चलचित्रमा देखाउन सकिने गरि लेखिएको छ । समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र बन्नेछ’ ।
यो फिल्म चरित्रात्मक भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईँले बताए । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । फिल्म फागुनको पहिलो साता फ्लोरमा जाने बताइएको छ ।