Logo

‘मिस्टर नेपाली’मा भिलेन भुवन !

कात्तिकको २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ मार्फत लामो समयपछि अभिनेता भुवन केसी पर्दामा आउँदैछन् । हिरोको ट्याग पाउँदै आएका पुराना स्टार अभिनेता यो पटक भने खलपात्रको भुमिकामा देखिन लागेको खुलेको छ ।

हालै गरिएको कुराकानीमा केसीले आफु यो फिल्मभित्र नेगेटिभ क्यारेक्टरमा देखिन लागेको सुनाए । फिल्मभित्र पिता र छोराको भूमिकामा देखिँदै गरेका केसीले भने, ‘फिल्ममा म मुख्य नायक होइन,यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’

देव भुषालको निर्देशनमा तयार भएको फिल्ममा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । फिल्मले राष्ट्रियताको कथा बोकेको बताइएको छ । सँगसँगै कमेडी र प्रेम पनि बोल्नेछ ।

विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा फिल्म बनेको निर्माण टिमको भनाइ छ । प्रेमराजा दाहालले फिल्म निर्माण गरेका हुन् ।

तश्विरः गुगल

Comments