Logo

‘साहो’को कब्जामा मल्टिप्लेक्स, ‘मारुनी’लाई भन्दा पाँच गुणा बढि शो

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको भारतिय फिल्म ‘साहो’को चर्चा चुलिँदो रहँदा नेपाली हलहरुमा यो फिल्मको बुकिङ खुलेको छ । भारत मात्र नभइ बलिउडले अधिपत्य जमाएका विभिन्न देशका फिल्म प्रतिक्षत छ । नेपालमा फिल्मले उच्च शोज पाएको छ ।

सोहि दिन नै रिलिज हुन लागेको नेपाली फिल्म ‘मारुनी’लाई छायाँमा पार्दै अत्याधिक शोज ‘साहो’ले आफ्नो पक्षमा पारेको छ । नेपाली फिल्मले पाएको शोजको तुलनामा ‘साहो’को शोजहरु पाँच गुणा बढि देखिन्छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुषप खड्का स्टारर ‘मारुनी’लाई क्युएफएक्सले काठमाडौंमा जम्मा ७ शोज र मोफसल चेनमा ६ शोज मात्रै उपलब्ध गराउँदा ‘साहो’लाई काठमाडौंमा ३७ र मोफसलमा २४ गरि ६१ शोज दिएको छ । क्युएफएक्सले कुनै पनि विदेशी फिल्मलाई दिएको यो उच्च शोज हुनसक्छ ।

यस्तै अर्को ठुलो मल्टिप्लेक्स बिग सिनेमाले ‘साहो’लाई १२ शोज उपलब्ध गराउँदा ‘मारुनी’लाई २ शोज मात्र दिएको छ भने एफक्युबमा ‘साहो’ले १३ पाउँदा ‘मारुनी’ २ शोजमा सिमित छ भने क्यूज सिनेमा र सिडिसी सुन्धाराले ‘मारुनी’लाई जम्मा १ शो दिएका छन् भने दुबै हलमा ‘साहो’ले क्रमशः १० र ९ शोज पाएको छ ।

बाहुबली स्टार प्रभास जोडिएकै कारण चर्चामा रहेको फिल्म ‘साहो’ले टिजर र ट्रेलर रिलिजसँगै आफुलाई बक्सअफिसको ठुलो दाबेदारको रुपमा प्रस्तुत गरेको हो । भारतमा यो फिल्मले हालसम्मकै सर्वाधिक ठुलो ओपनिङ गर्ने अनुमान लगाइएको छ ।

त्यसो त नेपाली फिल्म बजारमा बर्ष २०७६ को प्रतिक्षित मध्येको एक फिल्म हो ‘मारुनी’ । नवल नेपालको निर्देशनमा बनेको फिल्मप्रति समग्र उधोग र फिल्मकर्मी आशावादी बन्दा हलहरुबाट भने फिल्म चेपुवामा परेको छ । शोज कम पाउँदा फिल्मको इनिसियल बिजनेसमा प्रत्यक्ष असर पर्ने निश्चित छ ।

Comments