Logo

रहेनन् बरिष्ठ निर्देशक किशोर राना

बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरले यो संसारबाट बिदा लिएका छन् । लामो समयदेखि मृगौला रोगबाट पीडित उनको ६४ वर्षको उमेरमा बुधबार निदान हस्पिटलमा निधन भएको हो ।

२०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो । यसअघि मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको मेडिकल रिपोर्ट निस्केको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए ।

‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’ जस्ता सफल फिल्म निर्देशन गरेका रानाले बलिउडमा पनि करीब १५ वर्ष विताएका थिए भने उनको नाममा पहिलो भोजपुरी फिल्मको लेखक तथा निर्देशन गरेको रेकर्ड पनि छ । फिल्मीनेपाल डटकमको तर्फबाट दिवंगत रानाप्रति हार्दिक श्रद्धासुमन ।।

Comments