Logo

‘आइ एम ट्वान्टी वान’मा धिरजको जोडी जसिता पक्का

‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनशा बान्तवा राईको निर्देशनमा बन्ने दोश्रो प्रोजेक्ट ‘आइ एम ट्वान्टी वान’ का लिड कलाकार तय भएका छन् । यसअघि नै अभिनेतामा धिरज मगर फाइनल हुँदा हालै मात्र अभिनेत्रीमा जसिता गुरुङ अनुबन्ध भएकी छिन् । निर्माण पक्ष र जसितासँग हालै सम्झौता भएको छ ।

यसअघि नै उक्त प्रोजेक्टमा जसिता रहने चर्चा थियो, तर जसिताले भने यो कुरालाई नकार्दै आएकी थिइन् । त्यसो त धिरज र जसिता लण्डनमा रहँदा बर्षौपहिले प्रेममा रहेको चर्चा र गसिप समेत मिडियामा आएका थिए, अब भने यी दुबैजना एकसाथ पर्दामा आउने भएका छन् ।

पहिलो फिल्मबाट नै चौतर्फी तारिफ भेटेका धिरजलाई नेपाली फिल्म बृत्तमा सम्भावनावान अभिनेताको रुपमा हेरिएको छ भने जसिताले पनि आफ्नो अभिनयमा अब्बलता देखाउँदै आएकी छिन् । अभिनय र सुन्दरता दुबैमा जसिता तारिफकी पात्र हुन् ।

फिल्मको वर्कसपको लागि लण्डनबाट धीरज नेपाल आइसकेको जानकारीमा छ । जसिता भने यतिबेला लण्डनमा नै छिन् । लभस्टोरी जनरामा बन्ने फिल्मको छायाँकन भने मंसिरबाट सुरु हुनेछ ।

Comments