‘च च हुई’मा मिरुनाको अङ्गालोमा रोमान्टिक आर्यन (तश्विर स्टोरी)
आर्यन सिग्देल स्टारर फिल्म ‘हजार जुनीसम्म’ हलमा लाग्दै गर्दा उनकै अर्को फिल्म ‘च च हुई’ निर्माण टिमले आफ्नो प्रचारलाई पनि अघि ल्याइरहेको छ । आगामी मंसिर ६ लाई प्रदर्शन मिति तय गरेको उक्त फिल्मको दुई दिन पहिले पोस्टर रिलजि गरिएको थियो । मंगलबार केहि अचल दृश्यहरु बाहिर आएका छन् ।
फिल्मको गीत छायाँकनका केहि दृश्य बाहिर आउँदा आर्यनसँगै लिड अभिनेत्री मिरुना मगरलाई रोमान्टिक अबतारमा देखाइएको छ । आर्यन र मिरुनाको केमेष्ट्रि गज्जब देखिन्छ । ‘सिल्की सिल्की बाल’ बोलको गीतमा समावेश दृश्यहरु निर्माण टिमले बाहिर ल्याएको हो ।
साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ल लिड अभिनयमा छन् । फिल्मलआई अमृत घोले लामाले निर्माण गरेका हुन् ।