Logo

गायक बद्री पंगेनी विरुद्ध प्रशासनमा उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

चर्चित लोक दोहोरी गायक बद्री पंगेनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै बुधबार प्रशासनमा उजुरी परेको हो ।

पंगेनीसहितको समूहले सञ्चालन गर्दै आइरहेको दोहोरी साँझबाट लिनु पर्ने रकम माग्दा ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ । उनको दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशन बापतको ५५ लाख रुपैया नतिरेर लामो समयदेखि झुलाएको शेर्पाले बताएका छन् । रकम माग्न जाँदा रकम दिनुको सट्टामा मार्ने असुरक्षा महसुस गर्नु परेको शेर्पाको दाबी छ । । उनीहरूको धम्कीका कारण आफु मानसिक तनावमा परेको उनको भनाई छ ।

काठमाडौंको सीतापाईला निवासी शेर्पाले आफूलाई पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बबहरमहलमा उजुरी दिएका हुन् ।
गायक पंगेनीसँगै उनको दोहोरी साँझका व्यवसायीक साझेदारद्धय विजय सिंह र सुवास अधिकारी विरुद्ध पनि शेर्पाले उजुरी दिएका हुन् ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टि फर्निचरबाट उनीहरुले करीव ५५ लाख रुपियाँ बराबरको डेकोरेशन गराएका थिए । गायक पंगेनी र उनका साझेदारहरूले सरकार र प्रहरी आफ्नो पक्षमा भएकाले तिमिले केही गर्न सक्दैनौ भन्दै धम्क्याउने गरेको शेर्पाको आशय छ ।

गत निर्वाचनका बेला ‘मैपनि एमाले‘’ बोलको गीत गाएर एमालेको पक्षमा भोट माग्दै हिडेका पंगेनीले अरुलाई पनि सत्ताको घमण्ड देखाउने गरेको पिडितहरुले बताउने गरेका छन् । पंगेनीले घमण्ड देखाउदै पटक पटक धम्की दिएपछि आफु बाध्य भएर प्रशासनमा जान परेको शेर्पाले बताएका छन् ।

Comments