राष्ट्रपति कार्यालयमा बाँडियो तीन बर्षको चलचित्र पुरस्कार
चलचित्र विकास वोर्डले पछिल्ला तीन बर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकमुस्ट रुपमा बाँडेको छ । राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार आयोजित एक कार्यक्रममा विभिन्न विधामा विजेता घोषित भएका कलाकर्मीहरुलाई अवार्ड वितरण गरिएको हो ।
सम्माननिय राष्ट्रपति विधादेवी भण्डारीको हातबाट अवार्ड वितरण हुँदा कार्यक्रमको बीच बीचमा कलाकारहरुले नृत्य पनि प्रस्तुत गरे । झरीका बाबजुत पनि अवार्ड पाउने पुर्व जानकारीका बीच कलाकारहरु शितलनिवास पुगेका थिए ।
यहाँ हेर्नुहोस् विजेताहरुको नामावलीः
२०७३ साल
उत्कृष्ट फिल्म : कालोपोथी
उत्कृष्ट निर्देशक : दीपक रौनियार
अभिनेता : बिपिन कार्की (जात्रा)
अभिनेत्री : सृजना सुब्बा (डाइङ क्यान्डल)
लेखन : मिन भाम , अविनाश बिक्रम शाह (कालोपोथी)
छायांकन : शिवराम श्रेष्ठ (लभ सासा)
सम्पादन : मित्र गुरुङ (जात्रा)
पपुलर फिल्म : छक्का पञ्जा
दीर्घसाधना सम्मान : सुभद्रा अधिकारी
जुरी : रमेश बुढाथोकी, केशव भट्टराई, रुपा राना, विनोद पौडेल, सामीप्यराज तिमल्सेना
२०७४ साल
उत्कृष्ट फिल्म : ब्लाइन्ड रक्स
निर्देशन : मिलन चाम्स (ब्लाइन्ड रक्स)
अभिनेता : पुष्प खड्का (मंगलम्)
अभिनेत्री : बेनिशा हमाल (ब्लाइन्ड रक्स)
लेखन : खगेन्द्र लामिछाने (धनपति)
छायांकन : पुरुषोत्तम प्रधान (कृ)
सम्पादन : मित्र गुरुङ (मंगलम्)
जुरी अवार्ड : मिथिला शर्मा (मंगलम्)
जुरी अवार्ड : रमेश रञ्जन झा (शत्रु गते)
दीर्घ साधनासम्मान : किशोर राना मगर
जुरी : लक्ष्मीनाथ शर्मा, सुचित्रा श्रेष्ठ, सबनम मुखिया, फूलमान बल, विष्णु सुवेदी
२०७५ साल
उत्कृष्ट फिल्म : गोपी
उत्कृष्ट निर्देशन : विनोद पौडेल (बुलबुल)
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : स्वस्तिमा खड्का (बुलबुल)
लेखन : दीपेन्द्र लामा (गोपी, कथा)
लेखन : सामीप्यराज तिमल्सेना –(गोपी, पटकथा÷ संवाद)
छायांकन : सञ्जय लामा (समर लभ)
सम्पादन : निमेष श्रेष्ठ ( साइँली)
जुरी अवार्ड : शिल्पा कर्ण (भोर)
जुरी अवार्ड : आमा सरस्वती मुभिज
दीर्घसाधना सम्मान : तुलसी घिमिरे
जुरी सदस्य : नीर शाह, गौरी मल्ल, दिनेश डिसी, धु्रव लम्साल, केशव सुवेदी